धनगढीमा ९ वर्षीय बालक बेपत्ता

  शनिबार १५, असार २०८१ १५:५६

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ४ बाट एक बालक बेपत्ता भएका छन्। शुक्रवार राति ८:३० देखि ८:४५ को बिचमा बोराडाँडी बस्ने ९ वर्षीय मयक चन्द घरबाटै बेपत्ता भएका हुन्।

कक्षा तीनमा अध्ययन गर्ने, सेतो गन्जी, कालो कट्टु लगाएको, कालो वर्णको र घाँटीमा कालो जन्तर लगाएको बच्चा धनगढीको बोराडाँडी आर्मी ब्यारेक नजिकै घरबाट हराएको परिवारले बताएको छ।

बालकलाई फेला परेमा नजिकको प्रहरी कार्यालय या मोबाइल नम्बर ९७६६५६६२६५ मा  सम्पर्क गर्न परिवारले आग्रह गरेको छ।

clock शनिबार १५, असार २०८१ १५:५६

प्रतिक्रिया