धनगढीमा चप्पल फ्याक्ट्रीको गोदाममा आगलागी

  शनिबार १५, असार २०८१ ०८:४२

धनगढी । कैलालीको धनगढीमा रहेको चप्पल फ्याक्ट्रीको गोदाममा आगलागी भएको छ।

धनगढी उपमहानगरपालिका–१ शान्तीनगरमा जगदिश जोशीले सञ्चालन गरेको चप्पल फ्याक्ट्रीको गोदाममा शुक्रवार विद्युतको तार सर्ट भएर आगलागी भएको हो। आगलागी हुँदा गोदाम कोठामा रहेका सम्पुर्ण सामान जलेर नष्ट भएको र मानबिय क्षती नभएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। स्थानिय, प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिई आगलागी सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

clock शनिबार १५, असार २०८१ ०८:४२

प्रतिक्रिया