कैलालीको घोडाघोडीमा विद्यालय बेला चट्याङ लागेर ३ बालिका घाइते

  बुधबार १२, असार २०८१ ०८:५५

धनगढी । कैलालीमा विद्यालय जाने क्रममा चट्याङ लागेर तीन बालिका गम्भीर घाइते भएका छन् ।

बुधबार बिहान विद्यालय जाने क्रममा घोडाघोडी नगरपालिका–९ बुदेनी बस्ने बालिका गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक९एपसी० पदमबहादुर बिष्टले घाइते हुनेमा ९ वर्षीया सरस्वती भुल, ७ वर्षीय पारु कठात र १० वर्षीया खिमा कठात रहेको जानकारी दिए । 

उनकाअनुसार उनीहरुलाई मोहन्याम आधारभूत विद्यालय बुदेनीको गेटमा पुग्ने क्रममा चट्याङ लागेको थियो ।

गम्भीर घाइते बालिकालाई उपचारका लागि घोडाघोडी अस्पताल लगिएको छ । उनीहरुलाई थप उपचारका लागि धनगढी ल्याउने तयारी छ ।

clock बुधबार १२, असार २०८१ ०८:५५

प्रतिक्रिया