यी प्रदेशमा भारी वर्षाको सम्भावना, सजग रहन महाशाखाको आग्रह

  बुधबार १२, असार २०८१ ०६:४८

काठमाडौँ ।  हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । 

बागमती प्रदेशको थोरै स्थानहरुमा तथा गण्डकी , कर्णाली र कोशी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी  र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने छ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

साथै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक/दुई  स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

त्यस्तै आज राती कोशी, मधेश, बागमती, गण्डकी  र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने छ।

कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानहरूमा, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै कोशी, मधेश, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

clock बुधबार १२, असार २०८१ ०६:४८

प्रतिक्रिया