अत्तरीयाको आदर्श गल्लीमा अनैतिक क्रिर्याकलाप गरी बदनाम गर्ने ४ जना पक्राउ

  मङ्गलबार ११, असार २०८१ ०९:१०

धनगढी । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ आदर्श गल्लीमा अनैतिक क्रिर्याकलाप गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरीले होटलमा निगरानी बढाउन थालेपछि कोठा भाडामा लीएर आदर्श गल्लीमा क्रिर्याकलाप गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा गोदावरी न.पा. ०१ बस्ने ६५ बर्षकि महिला, बर्ष २८ बर्षकि महिला, गोदावरी ०३ बस्ने ३७ बर्षको पुरुष र गौरीगंगा न.पा. ०१ बस्ने बर्ष ३४ कि महिला गरी ४ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरीक्षक कबिन्द्र सिंह बोहराले मालाखेतीको अपराध अनुसन्धान समुहबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो । 

clock मङ्गलबार ११, असार २०८१ ०९:१०

प्रतिक्रिया