कैलालीमा लागूऔषधसहित डडेल्धुरा २ जना पक्राउ

  मङ्गलबार ११, असार २०८१ ०७:३५

धनगढी । कैलालीमा लागूऔषधसहित डडेल्धुरा २ जना पक्राउ परेका छन्। कैलालीको चुरे गाउँपालिका–६ फल्टुडे पोस्ट नजिकबाट डडेल्धुराको अमरगढी नगरपालिका–२ कुस्माली बस्ने २१ वर्षीय ललित ऐर र १६ वर्षीय किशोर सोमवार पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय फल्टुडे कैलालीबाट खटिएको प्रहरी गस्ति टोलीले ललित ऐरको साथबाट १५० मिलिग्राम लागूऔषध (खैरो हेरोईन) बरामद गरि दुवै जनालाई पक्राउ गरिएको हो। उनीहरु सवार १ थान मोटरसाईकलसमेत नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय फल्टुडेले जनाएको छ।

clock मङ्गलबार ११, असार २०८१ ०७:३५

प्रतिक्रिया