सौंराइ स्क्वायर धनगढीमा १३५ रुपैयाँमै ‘सौराइ थाली’ !

  मङ्गलबार ११, असार २०८१ ०६:३१

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–४ शहीद गेटमा रहेको सौंराइ स्क्वायरले १३५ रुपैयाँमै सौराइ थाली सुरु गरेको छ।

सबै ग्राहकहरूलाई सजिलो सस्तो होस् भन्ने उद्देश्यले सौराइ थालीको सुरुवात गरिएको सौंराइ स्क्वायरका सञ्चालक उमेश विक्रम शाहले जानकारी दिए।

उनका अनुसार सौराइ थालीअन्तर्गत रु। १३५ मा शाकाहारी खाना उपलब्ध गराइनेछ। सौंराइ स्क्वायरमा हरेक कुरा महँगोमा मात्रै पाइन्छ भन्ने भ्रमलाई चिर्नका लागि पनि सस्तोमा सौंराइ थाली सुरु गरिएको सञ्चालक शाहले बताए।

‘हाम्रोमा सबै किसिमका ग्राहकहरू आउँछन्। कोही महँगो पैसा तिर्न सक्छन् त कोहीसँग कम पैसा पनि हुन सक्छ। उहाँहरूलाई कम मूल्यमा खाना उपलब्ध गराउन सकूँ भन्ने हाम्रो लक्ष्य छ, थपिथपि खान मिल्छ,’ उनले भने, ‘हाम्रो यहाँ एसीको पनि उचित व्यवस्था छ। यस्तो गर्मीमा ग्राहकहरू सस्तो मूल्यमा खाना खान सक्छन्।’

सौंराइ थाली बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मात्रै उपलब्ध गराउन सकिने सञ्चालक शाहले जानकारी दिए।

clock मङ्गलबार ११, असार २०८१ ०६:३१

प्रतिक्रिया