अनेरास्ववियु कन्चनपुरको अध्यक्षमा धामी सर्बसहमत निर्वाचित

  सोमबार १०, असार २०८१ १०:१८

धनगढी । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कन्चनपुरको अध्यक्षमा अमर बहादुर धामी सर्बसहमत निर्वाचित भएका छन् । 

अनेरास्ववियु कन्चनपुरको १७ औ  जिल्ला अधिवेशनबाट धामीको नेत्रित्वमा ३७ जनाको जिल्ला कमिटी सर्बसहमत निर्वाचित भएको छ । 

अधिवेशनले उपाध्यक्षमा पार्वती महरा  र धर्मराज जोशी तथा सचिवमा बिक्रम थापालाई सर्वसम्मत चयन गरेको छ ।

यस्तै सह–सचिव नन्द राज जोशी, दीपक राज अवस्थी, देव बहादुर साउद, यशोदा रेग्मी निर्वाचित भएका छन् भने कोषाध्यक्षमा महेश दत्त भट्ट निर्वाचित भएका छन् । 
 
यस्तै अनेरास्ववियु कन्चनपुरको कार्यलय सचीवमा बासुदेव भट्ट निर्वाचित भएको बताईएको छ । 

clock सोमबार १०, असार २०८१ १०:१८

प्रतिक्रिया