धनगढीमा आँपको रुखबाट खसेर एक जनाको मृत्यु

  शनिबार ०८, असार २०८१ १७:०४

धनगढी । धनगढीमा आँप टिप्दा रूखबाट खसेर एक जनाको मृत्यु भएको छ।

कैलालीको धनगढी उपमहानगरपालिका–५ तारानगरका ४५ वर्षीय सिद्वराज जोशी घर नजिकैको आँपको रुखबाट खसेर घाइते भएका थिए।

घाइते भएका जोशीको उपचारका क्रममा निसर्ग हस्पिटलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीषक कबिन्द्रसिंह बोहोराले बताए। 

जोशीको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।

clock शनिबार ०८, असार २०८१ १७:०४

प्रतिक्रिया