एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०ः सुदुरपश्चिम आईकनको मनोनयन सार्वजनिक

  शनिबार ०८, असार २०८१ १६:५५

धनगढी । ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ को दुई विधाको मनोनयन सार्वजनिक गरिएको छ । आगामी असार १२ गते धनगढीको एसटिएस सिनेमा हलमा आयोजना हुने अवार्डका ८ विधा मध्ये सुदुरपश्चिम आईकन पुरुष र महिला विधा सार्वजनिक गरिएको हो । सुदुरपश्चिम प्रदेश खेलकुद परिषदको मुख्य प्रबद्र्धनमा आयोजना हुने ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ को सुदुरपश्चिम आईकन पुरुष तर्फको विधामा एथलेटिक्सका आशिष महर, शारिरीक सुगठनका रञ्जित लामा र क्रिकेटका नरेन भट्ट मनोनयमा परेका छन् । महिला तर्फ क्रिकेटकी मनिषा बोहोरा एथलेटिक्सकी देवकीकुमारी धामी र फुटबलकी बिर्सना चौधरी मनोनयनमा परेकी छन् । 

सुदुरपश्चिम आईकन तर्फ मनोनयनमा परेका आशिष महरले १४ औं राष्ट्रपति रनिङ सिल्ड अन्तर्गत एथलेटिक्समा जुनियर तर्फ सानदार प्रदर्शनका साथ छात्र ट्रिपल जम्पमा १४.१९ मिटर जम्प गर्दै ३६ वर्ष अघि २०४४ सालको कीर्तिमान भंग गरेका थिए । उनले अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदुरपश्चिमका लागि ट्रिपल जम्पमा स्वर्ण पदक जितेका थिए । यस्तै शारिरीक सुगठनका रञ्जित लामाले ‘५५ औँ एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस च्याम्पियनसिप’ मा नेपाललाई कास्य पदक जिताएका थिए । एसियाली स्तरमा शारिरीक सुगठनमा पदक जिताउने उनी पहिलो सुदुरपश्चिमका खेलाडी हुन् । क्रिकेटका नरेन भट्टले एसीसी यू–१६ ईस्ट जोन कपको उपाधि जिताउँदा सानदार प्रदर्शन गरेका थिए । उपाधिमाथि ह्याट्रिक गराउन फाईनलमा ११२ रनको शतकीय पारी खेलेका उनी फाईनल खेलमा म्यान अफ द म्याच बनेका थिए । प्रधानमन्त्री कपमा शतक र अर्धशतक प्रहार गर्दै सानदार प्रदर्शन गरेका थिए । 

सुदुरपश्चिम महिला आईकन तर्फ मनोनयनमा परेकी क्रिकेटकी मनिषा बोहोराले सुदुरपश्चिम प्रदेशलाई सुशील कोइराला मेमोरियल यु–१९ महिला राष्ट्रिय टि–२० प्रतियोगिताको उपाधि जिताउन उत्कृष्ट प्रदर्शन गरेकी थिईन् । उनले सुशील कोइराला मेमोरियल यु–१९ महिला राष्ट्रिय टि–२० प्रतियोगिताको फाईनलमा ४१ रनको पारी खेल्दै फाईनलको प्लेयर अफ द म्याच समेत भएकी थिईन । 

फुटबलकी विर्सना चौधरीले अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदुरपश्चिम उपविजेता बन्दा उत्कृष्ट प्रदर्शन गरेकी थिईन । उनी अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा उत्कृष्ट मिडफिल्डर बनेकी थिईन् । एथलेटिक्सकी देवकीकुमारी धामीले १४ औँ राष्ट्रपति रनिङ शिल्डमा छात्रा ३ हजार मिटर दौडमा जुनियर राष्ट्रिय कीर्तिमान बनाएकी थिईन् । ३ हजार मिटरको निर्धारित दूरी १० मिनेट ५२.८२ सेकेन्डमा दौड पूरा गर्दै उनले २०७५ सालमा राममाया बूढाले स्थापित गरेको १० मिनेट ५७.२ सेकेन्डको कीर्तिमान तोडेकी थिईन् । अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि सुदुरपश्चिमका लागि १५०० मिटर दौडमा उनले स्वर्ण पदक जितेकी थिईन् । 

अवार्डमा दिईने आठ विधामध्ये ६ विधाको मनोनयन सार्वजनिक गरिदैं आएकोमा अब थप चार विधाको मनोनयन सार्वजनिक गरिनेछ । दुई विधा लाईफटाईम एचिभमेन्ट र स्पेशल अवार्ड कार्यक्रमकै दिन घोषणा गरिनेछ । 
अवार्डको मुख्य प्रायोजकमा धनगढीको सुदुरपश्चिमाञ्चल एकेडेमी रहेको छ । प्रायोजकमा नवजीवन को अपरेटिभ्स लिमिटेड, ठाकुर एग्रो ईन्डष्टिज, गरिमा पोलिक्लिनिक एण्ड गरिमा डेण्टल, न्यु सिटी पोलिक्लिनिक र सिराज ईन्टरनेशनल रहेका छन् । अवार्डलाई सफल पार्नका लागि गुरुजी सटिङ सुटिङ, होटेल डिभोटी, भायानेट, होटेल सौराई रहेका छन् । पाँचौ संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ मार्फत वर्ष २०८० मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने छ ।

उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने भएको हो ।  उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५÷३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाईम एचिभमेन्ट अवार्डका विजेतालाई २५÷२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । 

clock शनिबार ०८, असार २०८१ १६:५५

प्रतिक्रिया