कञ्चनपुरमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

  शनिबार ०८, असार २०८१ १३:४४

कञ्चनपुर । कञ्चनपुरमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालक भीमदत्त नगरपालिका–१८ बस्ने २९ वर्षीय सन्जिप चौधरीको मृत्यु भएको हो। 

शुक्रबार राति १०ः३० बजे बेदकोट नगरपालिका–७ स्थित पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ जादै गरेको सुदूरपश्चिम प्रदेश ०२–००३ प ६९७० नम्बरको मोटरसाइकललाई से १ त ३३६८ नम्बरको ट्याक्टरले ठक्कर दिँदा दुर्घटना भएको थियो।

दुर्घटनामा गम्भिर घाइते भएका चौधरीलाई उपचारको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्त घोषणा गरेको कञ्चनपुर प्रहरीले जनाएको छ। सोही मोटरसाइकलमा पछाडी सवार बेदकोट नगरपालिका–८ बस्ने २७ वर्षीय मनोज चौधरी घाईते भएका छन्।

मनोजको महाकाली प्रादेशिक अस्पताल हुँदै नवजीवन अस्पताल धनगढीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। ठक्कर दिने ट्याक्टर र ट्याक्टर चालक बेलौरी नगरपालिका–६ बस्ने २४ वर्षीय रामु रानालाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ।

clock शनिबार ०८, असार २०८१ १३:४४

प्रतिक्रिया