टीकापुरमा अटोको ठक्करबाट पैदल यात्रीको मृत्यु

  शनिबार ०८, असार २०८१ ०७:५७

धनगढी । कैलालीको टीकापुरमा अटोको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ। टीकापुर नगरपालिका–७ स्थित सडक खण्डमा से १ ह १०९५ नम्बरको अटोले सोही ठाउँ बस्ने पैदल यात्री ६५ वर्षीया पटारी चौधरीलाई ठक्कर दिँदा मृत्यु भएको हो।

अटोले ठक्कर दिँदा चौधरी गम्भिर घाईते भएकी थिइन्। घाईते चौधरीलाई उपचारको लागि टीकापुर अस्पताल टीकापुर लगिएकोमा डाक्टरले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी विश्व अधिकारीले बताए। 

अटो र अटो चालक टीकापुर नगरपालिका–९ का ४८ वर्षीय तपेन्द्र धामीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको अधिकारीले जानकारी दिए।

clock शनिबार ०८, असार २०८१ ०७:५७

प्रतिक्रिया