अनेरास्ववियु कैलालीको अध्यक्षमा खड्का सर्बसहमत निर्वाचित

  शनिबार ०८, असार २०८१ ०७:२९

धनगढी । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कैलाली जिल्ला अध्यक्षमा कुबेर खड्का सर्बसहमत निर्वाचित भएका छन् । 

कैलालीको सुखडमा भएको १७ औं जिल्ला अधिवेशनबाट खड्काको नेत्रित्वमा ३९ जनाको जिल्ला कमिटी सर्बसहमत निर्वाचित भएको छ । 

खड्का ऐश्वर्य बहुमुखी क्याम्पसको स्ववियु सभापति समेत हुन् । २०७३ सालदेखि अनेरास्ववियुमा क्रियाशिल खड्काले एक कार्यकाल जिल्ला कमिटि सदस्य भएर काम गरेका छन् भने पछिल्लो समय उनी सहसंयोजकको भूमिकामा थिए ।

अधिवेशनले उपाध्यक्षमा भगवती साउँद र पुष्प सुवेदी तथा सचिवमा हरिश न्यौपानेलाई सर्वसम्मत चयन गरेको छ ।

सहसचिव भने जिल्ला कमिटि बैठकले मनोनित गर्ने नवनिर्वाचित अध्यक्ष खड्काले जानकारी दिए । सहसचिव बाहेकका अन्य पदाधिकारी र सदस्यहरु भने सर्वसम्मत चयन गरिएको हो ।

clock शनिबार ०८, असार २०८१ ०७:२९

प्रतिक्रिया