कैलालीमा सर्पले टोक्दा एक पुरुषको मृत्यु

  शनिबार ०८, असार २०८१ ०६:५०

धनगढी । कैलालीमा एक पुरुषको सर्पको टोकाइबाट मृत्यु भएको छ। जिल्लाको बर्दगोरीया गाउँपालिका–६ का ४५ वर्षीय पदम कठरीयाको मृत्यु भएको हो। 

पदमलाई गएराति शौचालय जानेक्रममा सर्पले टोकेको थियो। सर्पले उनको दायाँ खुट्टामा टोकेको थियो। 

सर्पको टोकाइबाट घाइते भएका पदमको सेति प्रादेशिक अस्पतालमा उपचारको क्रममा  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

clock शनिबार ०८, असार २०८१ ०६:५०

प्रतिक्रिया