मजदुर सगंठनको बसपार्क आधारित त्रिदिवसीय कार्यक्रम शुरु

  शुक्रबार ०७, असार २०८१ १६:३७

धनगढी । नेपाल यातायात स्वतन्त्र मजदुर सगंठनको ४५ औँ स्थापना दिवशको अवशरमा त्रिदिवसीय कार्यक्रम शुरु भएको छ । असार ७ गतेदेखी ९ गतेसम्म बसपार्क आधारित सगंठनले त्रिदिवसीय कार्यक्रम मनाउँदैछ ।

सोही अनुसार नेपाल यातायात स्वतन्त्र मजदुर सगंठन सुदुरपश्चिम प्रदेशले धनगढी बसपार्कबाट सो कायृक्रम शुरु गरेको छ । त्रिदिवसीय कार्यक्रम अनुसार पहिलो दिन बसपार्कमै स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

धनगढी स्थित नवजिवन अस्पतालको सहकार्यमा मजदुरहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिएको नेपाल यातायात स्वतन्त्र मजदुर सगंठनका सुदुरपश्चिम प्रदेश अध्यक्ष ललित चन्दले बताए । सो कार्यक्रममा १ सय ८० जनाले स्वास्थ्य परिक्षण गराएको उनले बताए ।

सगंठनले त्रिदिवसीय कार्यक्रम अनुसार ८ गते शनिबार धनगढी नेत्रालयको सहकार्यमा बसपार्कमै निशुल्क आँखा शिविर कायृक्रम राखेको छ । बिहान ७ बजेदेखी आखाँ शिविर शुरु हुने जनाइएको छ ।

त्रिदिवसीय कार्यक्रमको अन्तिम दिन ९ गते धनगढी बसपार्कमै दुर्घटना न्युनिकरण सम्बन्धी सचेतना कार्यक्रम आयोजना गर्ने सगंठनले जनाएको छ ।

सोही दिन साझँ तिर धनगढी बसपार्क सरसफाई तथा दिप प्रज्वलन गरी कार्यक्रम समापन गरिने नेपाल यातायात स्वतन्त्र मजदुर सगंठनका सुदुरपश्चिम प्रदेश अध्यक्ष ललित चन्दले बताए ।

clock शुक्रबार ०७, असार २०८१ १६:३७

प्रतिक्रिया