गोदावरी धामको कुम्भवाटिकाको कलश चोरी, २ जना पक्राउ

  शुक्रबार ०७, असार २०८१ ०९:२३

धनगढी । कैलालीको गोदावरी धाम स्थित कुम्भवाटिकाको मुख्य कलश चोरी भएको छ । बिहिबार राती कुम्भवाटिकाको मुख्य कलश चोरी भएको हो । कलश चोरी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनगढी उप महानगरपालिका १४ फुलबारीका ३० वर्षीय मोहन कठायत र गोदावरी नगरपालिका ४ हाटखोलीका ३९ वर्षीय बल बहादुर रावत रहेका छन् । 

उनीहरुको साथबाट तोडफोड गरिएको अवस्थामा कलस बरामद गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

clock शुक्रबार ०७, असार २०८१ ०९:२३

प्रतिक्रिया