स्वस्तिक अस्पताल टेकबहादुर चोखाल स्कृति कप : सेमिफाईनल खेल्ने ४ टिमकाे टुङ्गाे

  शुक्रबार २२, बैशाख २०८० २०:१५

धनगढी  । स्वस्तिक अस्पताल टेकबहादुर चोखाल स्कृति कप वडा स्तरीय फुटसल प्रतियाेगिताकाे सेमिफाईनल खेल्ने ४ टिमकाे टुङ्गाे लागेकाे छ ।

शनिबार हुने पहिलाे सेमिफाइनल खेल वडा नम्वर ४ काे (बि) टिम र वडा न.५ स्टार सिटि बिच हुने छ । वडा नम्बर ४ ले वडा नम्बर ७  हराएर सेमिफाइनल प्रबेस गरेकाे हाे भने वडा नम्बर ५ स्टार सिटिले वडा नम्वर ३ (बि) टिमलाई हराएर सेमिफाईनल प्रबेश गरेकाे हाे ।

यस्तै दाेस्राे सेमिफाइनल खेल वडा नम्वर १ नैनादेबि र वडा नम्वर १३ बिच हुने छ । वडा नम्वर १ नैनादेबिले वडा नम्वर ३ लाई हराएर सेमिफाईनल प्रबेस गरेकाे हाे भने वडा नम्वर १३ ले गाेदावरी नगरपालिका वडा नम्वर ३ लाई हराएर सेमिफाइनल प्रबेस गरेकाे हाे ।

टेकबहादुर चोखाल स्मृति कप वडा स्तरीय फुटसल प्रतियोगितालाई स्वस्तिक कार्डियो एण्ड मल्टिस्पीसियालिटी हस्पिटलको मुख्य प्रायोजन गरेकाे छ ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ५१ हजार र दाेस्राे हुने टिमले २५ हजार पुरुस्कार पाउने छन् ।

clock शुक्रबार २२, बैशाख २०८० २०:१५

प्रतिक्रिया