चौधरी फाउण्डेसनद्वारा शैक्षिक सामाग्री हस्तान्तरण

  बिहिबार ०६, असार २०८१ ०६:३७

कैलाली । कैलालीको गोदावरी नगरपालिकाको अत्तरियामा रहेको सुप समावेशी आधारभूत विद्यालयमा शैक्षिक सामाग्रदी हस्तान्तरण गरिएको छ। आज एक कार्यक्रमका बिच चौधरी फाउण्डेसन मार्फत शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो।

कार्यक्रममा त्यहाँ अध्ययनरत ७० जना अपाङ्गत भएका विद्यार्थीहरुका लागि पठनपाठनमा सहयोग होस भनेर कापी, कलम, पेन, वर्णमाला, ज्यामिट्री बक्स प्रदान गरिएको छ। सहयोग हस्तान्तरण कार्र्यक्रममा बोल्दै चौधरी ग्रुपका सुदूरपश्चिम प्रदेश प्रमुख योगेन्द्र भट्टले चौधरी ग्रुपले लामो समयदेखि विभिन्न रुपमा सामाजिक कार्यहरु गर्दै आएकोले अपागंता भएका भएका विद्यार्थीहरुलाई सहयोगर योगदान गर्न पाउँदा खुसी लागेको बताए।

उनले आगमी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। त्यस्तै सोही कार्यक्रममा बोल्दै चौधरी ग्रुप अन्तर्गत सिजी फुड्सका सुदूरपश्चिम प्रदेश प्रमुख नेत्रप्रसाद अर्यालले चौधरी ग्रुपले सामाजिक उत्तरदायित्व अन्तरगत सुप समावेशी विद्यालयलाई छनौट गरेको बताए। विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष विष्ना बोहराले विद्यालयलाई नमुना विद्यालय बनाउने उद्देश्य रहेको बताउँदै विभिन्न क्षेत्रबाट पाईने सहयोगले यसमा मदत्त मिलिरहेको बताईन्।

उनले चौधरी ग्रुपले सहयोग गरेकोमा धन्यावद दिदैं विद्यार्थीहरुलाई अबका दिनमा पठनपाठनमा सहयोग मिलेको बताईन्। गोदावरी(२ का वडा सदस्य डबल सिंह साउँदको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयका सस्थापक अध्यक्ष मानबहादुर साउँदले  सञ्चालन गरेका थिए।

अपाङ्गत भएका बालबालिकाको उचित शैक्षिक आवश्यकतालाई महसुस गरेर प्रदेशमै पहिलो पटक ‘सुप’ समावेशी आधारभूत विद्यालयको स्थापना भएको हो। यो विद्यालयले अपाङ्गत भएका बालबालिकालाई आवाससहित शिक्षाको सुविधा प्रदान गर्न थालेपछि अहिले अपाङ्गता भएका बालबालिकालाई राहत महसुस भएको छ।

clock बिहिबार ०६, असार २०८१ ०६:३७

प्रतिक्रिया