अछाममा छाउगोठमा बसेकी किशोरी बलात्कारको आरोपमा १७ वर्षीय किशोर पक्राउ

  बुधबार ०५, असार २०८१ ०९:५९

अछाम । अछामको छाउगोठमा बसेकी एक किशोरी बलात्कृत भएकी छन् । सोमबार मध्यराति छाउगोठमा बसेकी१६ वर्षीय किशोरी बलात्कृत भएको प्रहरीले जानकारी दिएको छ ।

यो घटनामा संलग्न भएको आरोपमा प्रहरीले १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ । पक्राउ परेका किशोर ती किशोरीको आफन्त भएको पनि जानकारी दिइएको छ ।

मंगलबार ती किशोरी बेहोस अवस्थामा फेला परेकी थिइन् । त्यसपछि उनलाई उद्धार गरी अस्पताल पुर्‍याइएको थियो । बेहोस् अवस्थामा अस्पताल पुर्‍याइएकी ती किशोरीले होस खुलेपछि आफूमाथि जबर्जस्ती करणी भएको बयान दिएकी थिइन् ।

उनको बयानका आधारमा प्रहरीले १७ वर्षीय किशोरलाई पक्राउ गरेको हो ।

clock बुधबार ०५, असार २०८१ ०९:५९

प्रतिक्रिया