नेपालका कप्तान रोहित पौडेललाई हात लगाउने बङ्ग्लादेशका बलरमाथि आईसीसीको कारबाही

  बुधबार ०५, असार २०८१ ०८:०१

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटमा समूह चरण अन्तर्गत नेपाल र बङ्ग्लादेशबीच भएको खेलमा गलत व्यवहार गरेका बङ्ग्लादेशका बलर तान्जिम हसन सकिबलाई आईसीसीले कारबाही गरेको छ । यो खेलमा म्यान अफ द म्याचसमेत बनेका फास्ट बलर सकिबलाई आचारसंहिता तोडेको आरोपमा आईसीसीले कारबाही गरेको जनाएको छ ।

खेलको तेस्रो ओभरमा सकिबले नेपालका कप्तान रोहित पौडेलसँग नोकझोक गरेका थिए । उनले रोहितको शरीरमा हात लगाएकोसमेत पाइएपछि आईसीसीले कारबाही गरेको हो । उनलाई म्याच फीको १५ प्रतिशत जरिवाना गरिएको छ ।

खेलाडी आचारसंहिताअनुसार अन्तर्राष्ट्रिय खेलमा कुनै पनि खेलाडीले गलत तरिकाले विपक्षी खेलाडीलाई छुन पाउँदैन । सकिबले आफ्नो गल्तीलाई स्वीकार गरेका छन् । नेपाल आफ्नो अन्तिम खेलमा बङ्ग्लादेशसँग २१ रनले पराजित भएको थियो ।

clock बुधबार ०५, असार २०८१ ०८:०१

प्रतिक्रिया