लक्ष्मीनारायण मन्दिरले ज्येष्ठ नागरिक मुक्तिनाथ घुमाउँदा ६ लाखको इन्धन हाल्यो, दिएन बिल

  मङ्गलबार ०४, असार २०८१ १४:४२

धनगढी । धनगढीको लक्ष्मीनारायण मन्दिरले ज्येष्ठ नागरिक मुक्तिनाथ धार्मीक भ्रमण कार्यक्रममा उपमहानगरपालिकाबाट १६ लाख ७५ हजार ७२० रुपैयाँ लिएको पाइएको छ तर मन्दिरले उपमहानगरपालिकालाई खर्चको बिल नबुझाउँदा महालेखापरीक्षकको कार्यालयले प्रश्न उठाएको छ ।

लक्ष्मीनारायण मन्दिर सञ्चालक समितिले १६ लाख ७५ हजार भुक्तानी लिएको प्रतिवेदनमा उल्लेख छ । मन्दिर सञ्चालक समितिले भ्रमणका क्रममा गाडीमा इन्धन प्रयोग गरेको भनि ६ लाख ८६ हजार रकम दाबी गरि भुक्तानी लिएको तर खर्चलाई पुष्टि गर्ने इन्धनको बिल पेश नगरेको देखिएको भनिएको छ ।

clock मङ्गलबार ०४, असार २०८१ १४:४२

प्रतिक्रिया