स्वस्तिक अस्पताल टेकबहादुर चोखाल स्कृति कप फुटसल सुरु

  शुक्रबार २२, बैशाख २०८० १२:०९

 धनगढी । कैलालीको धनगढीमा तेस्रो स्वस्तिक अस्पताल टेकबहादुर चोखाल स्मृति कप वडा स्तरीय फुटसल प्रतियोगिता सुरु भएको छ । 

स्वस्तिक कार्डियो एण्ड मल्टिस्पीसियालिटी हस्पिटलको मुख्य प्रायोजनमा वस्तिक अस्पताल टेकबहादुर चोखाल स्मृति कप वडा स्तरीय फुटसल प्रतियोगिता सुरु भएको हो । 

टेकबहादुर चोखा प्रतिष्ठानको आयोजनामा सुरु भएको प्रतियोगिताको वस्तिक कार्डियो एण्ड मल्टिस्पीसियालिटी हस्पिटलका अध्यक्ष महेश जोशीले उद्घाटन गरे । 

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताको पहिलो दिन पहिलो चरणका ६ वटा खेलहरु सम्पन्न भएका छन् । शुक्रबार क्वाटरफाईनलसम्मका चार खेलहरु हुनेछन् भने शनिबार सेमिफाईनल र फाईनल खेल हुनेछ । 

clock शुक्रबार २२, बैशाख २०८० १२:०९

प्रतिक्रिया