धनगढीको बेहडाबाबा मन्दिरमा दर्शनार्थीको घुँइचो
धनगढी । कैलालीको धनगढीस्थित धार्मिक तथा पर्यटकीय स्थल बेहडाबाबा धाममा गंगादशहरा मेलाको अबसरमा दर्शनार्थीको घुँइचो लागेको छ।
धार्मिक रुपमा आस्थाको केन्द्रको रुपमा परिचित बेहडाबाबा मन्दिरमा लागेको गंगादशहरा मेला भर्न आन्तरीक देखि छिमेकी देश भारतबाट समेत बाक्लो उपस्थित िरहेको छ ।
धनगढी उप–महानगरपालिका–१६ मा रहेको बेहडाबाबा मन्दिर प्रत्येक वर्ष ज्येष्ठ शुक्ल नवमीदेखि चर्तुदर्शीसम्म मेला लाग्ने गरेको छ ।
मेला आयोजनाले बेहडाबाबामा आन्तरिक र बाह्य पर्यटकको मुल गन्तव्य बनाउन टेवा पुग्ने विश्वास गरिएको छ।
बेहडाबाबा मेलाको उपलक्ष्यमा आज एक दिन धनगढी उपमहानगरपालिकाले विद्यालयमा विदा समेत दिएको छ।
बेहडाबाबाको महिमा
भारतको उत्तर प्रदेशस्थित गोला स्थानका ग्वालाले बेहडाबाबाको पत्ता लगाएको विश्वास गरिन्छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जोशीका अनुसार राणाकालीन समयमा कैलालीको डमौलिया र धुरजन्ना क्षेत्रमा गोलाका ग्वाला गाईगोरु चराउन आएका थिए ।
तीमध्ये एक ग्वालाको गाईले बच्चा जन्माए पनि घरमा दुध दिने गरेको थिएन । गाईले दुध नदिने गरेको रहस्य खोज्दै जाँदा गाईले हालको बेहडाबाबामा रहेको शिवलिङ्गमा आफ्नो दुध खसाउने गरेको तथ्य भेटियो । पछि ग्वालाले फुटाएर शिलालाई भारत लग्न खोज्दा सकेनन् । लिङ्गबाट रगत आएको देखिएपछि त्यहिँ छाडेर पूजापाठ सुरु गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जोशीले बताउनुभयो ।
“उनीहरुले लिङ्ग नजिकबाट सानो ढुङ्गा लगेर गोलामा सानो मन्दिर बाएका छन्”, उहाँले भन्नभयो, “त्यहाँ बनाइएको मन्दिर पनि बेहडाबाबा नै हो ।” ग्वालाहरुको गाईको बथानलाई त्यतिबेला ‘बेहडा’ भन्ने गर्दथे । यसै नामबाट पछि मन्दिरको नाम बेहडाबाबा रहन गएको हो । भारतका ग्वालाले बेहडाबाबा पत्ता लगाएका कारण यसप्रति उनीहरुको धेरै श्रद्धा रहेको र बर्सेनी पूजाअर्चना गर्न आउने गरेको जोशीले बताउनुभयो ।
बेहडाबाबालाई धनगढी उपमहानगरपालिकाले धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दैआएको छ । यसमा भौतिक संरचना थपिने क्रम जारी रहेको छ । जलाशयमा स्थान गरी चोखो मनले बेहडाबाबाको दर्शन गरेमा सबै मनोकामना पूरा हुने विश्वास भक्तजनको रहँदैआएको छ । गंगा दशहरामा बेहडाबाबा मन्दिर परिसरमा पाँच दिन मेला लाग्नेगर्छ ।
 
                     
                                 
                         
                                         
                                         
                                             
                                             
                                     
                                             
                                             
                                     
                                     
                                     
                                     
                                     
                                             
                         
                         
                         
                         
                        
प्रतिक्रिया