कञ्चनपुरमा गर्मी बढेपछि दुई पालिकाद्वारा विद्यालयमा विदा, सात पालिकाले समय घटाए

  बिहिबार १७, जेठ २०८१ ०८:२१

कञ्चनपुर । जेठ दोस्रो सातादेखि पश्चिम तराई कञ्चनपुरमा समेत गर्मीको प्रभाव बढिरहेको छ । दिउँसो झण्डै ४२ डिग्रीसेल्सियससम्म तापक्रम बढेर गर्मीको प्रभाव बढिरहेको हो ।

गर्मी बढेसगै जिल्लाका दुई स्थानीय तहले विद्यालयमा सार्वजनिक विदा दिएका छन । बेदकोट र कृष्णपुर नगरपालिकाले १७ र १८जेठ दुई दिन विदा दिएका हुन ।

पुनर्वास, बेलौरी, लालझाडी, बेलडाँडी, शुक्लालाँटा, भीमदत्त र दोधाराचाँदनीले दैनिक समय घटाएर बिहान ७देखि १०भित्रै मात्रै विद्यालय चलाउन समय घटाएका छन ।

जिल्लाका केही क्याम्पसले समेत गर्मी विदा दिएका छन । दोधाराचाँदनी नगरमा रहेको भानु बहुमुखी क्याम्पसका प्राद्यापक डम्बर दत्त जोशीले १गर्मी बढ्दै गएपछि १७जेठदेखि ८असारसम्म विदा दिएको बताए । यस्तै सुप विश्वविद्यालयको केन्द्रीय क्याम्पसले पनि सार्वजनिक विदा दिएको छ ।

सुप विश्वविद्यालको केन्द्रीय क्याम्पसका प्रिन्सिपल प्रा. कुम्भ बहादुर चन्दले हस्ताक्षर गरेको सुचनामा १७जेठदेखि ३असारसम्मै सार्वजनिक विदा दिएको छ ।

प्रचण्ड गर्मीका कारण बालबालिका, जेष्ठ नागरिक, असाहय सहितका सर्वसाधारणमा प्रभाव परेको छ । गर्मीका बिहान दिउँसो मानिसहरुले बाह्य हिड्डुल गर्न छाडेका छन ।

clock बिहिबार १७, जेठ २०८१ ०८:२१

प्रतिक्रिया