एसीसी प्रिमियर कपको फाइनलमा यूएई ११७ रनमा सीमित

  मङ्गलबार १९, बैशाख २०८० ०९:३१

काठमाडौँ । एसीसी प्रिमियर कपको फाइनलमा यूएई ११७ रनमा सीमित भएको छ । ललित राजवंशीले १० रन बनाएका जुनैद सिद्धिकीलाई आफ्नो शिकार बनाएसँगै यूएईको इनिङ्स समाप्त भएको हो ।

सोमबार यूएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १ सय ६ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो । मंगलबार ‘रिजर्भ डे’ को खेलमा ११ रन थप बनाउँदै यूएई ३३.१ ओभरमा अलआउट हुन पुग्यो ।

यूएईलाई सस्तोमा समेट्न ललितले घातक बिलिङ गरे । उनले ७.१ ओभरमा मात्र १४ रन खर्चेर ४ विकेट लिए । त्यस्तै, करन केसी र सन्दीप लामिछानेले २–२ विकेट लिए । सोमपाल कामी र गुल्सन झाले यूएईका एक–एक जना खेलाडीलाई पभिलियन फर्काए । 

यूएईका लागि आसिफ खानले सर्वाधिक ४६ रन बनाए भने आर्यन लकाराले १३ तथा बासिल हमिद जुनैद सिद्धिकीले १०–१० रनको योगदान दिए ।

clock मङ्गलबार १९, बैशाख २०८० ०९:३१

प्रतिक्रिया