धनगढीका १० विद्यार्थीको पोसाकका लागि प्रभु बैंकले ५२ हजार ५ सय सहयोग

  मङ्गलबार ०१, जेठ २०८१ १०:१२

धनगढी । प्रभु बैंकले कैलालीको धनगढीमा नमुना विद्यालयमा अध्ययनर १० विद्यार्थीको पोसाकका लागि ५२ हजार ५ सय रुपैयाँ सहयोग गरेको छ।

धनगढी उपमहानगरपालिका नगर प्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रम सञ्चालन लागि छनोट भएका नमुना विद्यालयका बालिकाहरूको पोसाकका लागि प्रभु बैंकले उक्त रकम सहयोग गरेको हो ।

नगर प्रमुख शैक्षिक सुधार कोषमा  प्रभु बैंक, धनगढी शाखाले उक्त रकम सहयोग गरेको हो । १० जना बालिकाका लागि सो रकम हस्तान्तरण गरि सहयोग गरेकोमा धनगढी उप–महानगरपालिकाले बैंकलाई धन्यवाद दिएको छ ।

clock मङ्गलबार ०१, जेठ २०८१ १०:१२

प्रतिक्रिया