बझाङ उपनिर्वाचनको मत परिणाम सहितको प्रतिवेदन प्रदेश प्रमुख समक्ष पेश

  आइतबार २३, बैशाख २०८१ १४:५४

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँलाई प्रदेश निर्वाचन कार्यालय धनगढीले बझाङ उपनिर्वाचनको परिणाम सहितको प्रतिवेदन पेश गरेको छ ।

प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले प्रदेश प्रमुख कार्यालयमा प्रदेश प्रमुख मियाँलाई प्रदेश सभा उपनिर्वाचन २०८१ को परिणाम सहितको प्रतिवेदन पेश गरेका हुन् । 

उक्त प्रतिवेदनमा वैशाख १५ गते बझाङमा सम्पन्न उपनिर्वाचनमा विजयी भएका र उम्मेदवार रहेका सबैको मत परिणाम उल्लेख गरिएको छ ।

प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव  शैलेस ढुङ्गाना, प्रमुख स्वकीय सचिव सविर अली लगायतको उपस्थितिमा प्रतिवेदन हस्तान्तरण गरिएको हो ।

मत परिणाम सहितको प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख मियाँले निष्पक्ष, स्वच्छ र विश्वसनीय निर्वाचन सम्पन्न गरेको भन्दै निर्वाचन आयोगलाई धन्यवाद दिएका थिए ।

clock आइतबार २३, बैशाख २०८१ १४:५४

प्रतिक्रिया