नेकपा एमाले मुख्यमन्त्री सोडारीलाई आज विश्वासको मत नदिने

  शुक्रबार २१, बैशाख २०८१ १२:४३

कैलाली । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज पार्टीले विश्वासको मत नदिने जनाएका छन् ।

संसदीय दलको कार्यालयमा सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उनले मुख्यमन्त्री दीर्घ सोडारीले हतारमा सल्लाह नगरेर विश्वासको मत लिन खोजेको भन्दै आज विश्वासको मत नदिने जनाए छ ।

‘गठबन्धनको सरकार बनाउने कुरा हो । यहाँ हतार गर्नु पर्ने बेला छैन । बझाङको निर्वाचन भर्खर सकिएको छ । उम्मेदवारको बुवा बित्नुभएको १३ दिन पनि पुगेको छैन किन हतार गर्नु’, उनले भने ।

यसअघि नै मुख्यमन्त्री सोडारीले आज ५ बजे विश्वासको मत लिन संसद् आह्वान गर्न प्रदेश सभा सचिवालयमा पत्र पठाएका थिए । आज प्रदेश सभा बोलाउने भन्दै बिहान कार्य व्यवस्था परामर्श समितिको बैठक आह्वान गरिएको थियो । त्यो बैठक पनि बस्न सकेन ।

एमाले संसदीय दलका नेता रावलले व्यक्तिगत रूपमा हतारो गरेर बिना परामर्श विश्वासको मत लिन हतार गरेको बताए ।

‘समय छ । किन हतार गर्नुपर्‍यो’, उनले भने, ‘मिति तोक्ने कुरामा हतार गर्नु भयो । छिटो चाहियो भनेर हुन्छ रु एमालेले आफ्नो दृष्टिकोण बनाउन समय लाग्छ । आज कोर्स करेक्सन गर्नुहुन्छ समय आएपछि विश्वासको मत लिनुहुन्छ ।’

clock शुक्रबार २१, बैशाख २०८१ १२:४३

प्रतिक्रिया