सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त

  बिहिबार २०, बैशाख २०८१ १४:२६

धनगढी। सरकारले सुदूरपश्चिम विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेको छ। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिमको उपकुलपतिमा प्रा.डा. हेमराज पन्तलाई नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

यस अगाडि सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति ९भिसी० को लागि पन्तसहित ३ जनाको नाम सिफारिस भएको थियो।बिश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीको अध्यक्षतामा उपकुलपति छनोट तथा सिफारिस समिति गठन भएको थियो। समितिले दरखास्त आह्वान गर्दा १० जनाको आवेदन परेको थियो । सोचपत्र र कार्ययोजनाको मूल्यांकनपछि अन्तर्वार्ता लिएर ३ जना सिफारिसमा परेका थिए।

(मंगलबार) विश्वविद्यालयको उपकुलपति छनौट समितिले प्रा।डा।हेमराज पन्त, प्रा।डा।अक्कल देव मिश्र र प्रा।डा।भावनीदत्त जोशीको नाम कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सिफारिस गरेको थियो। सिफारिस भएकामध्ये एक जनालाई कुलपति तथा प्रधानमन्त्रीले उपकुलपतिमा नियुक्त गर्ने व्यवस्था छ । 

उपकुलपति पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले गत माघ २६ गते १० दिनको समय दिएर उपकुलपति नियुक्तिका लागि विश्वविद्यालय अनुदान आयोग, सानोठिमी भक्तपुरमा दरखास्त आह्वान माग गरेको थियो।

सोही सिफारिसमध्येका पन्तलाई प्रचण्डले आज (बिहीबार) उपकुलपति नियुक्त गरेका हुन्।गत फागुन १८ गते सुदूरपश्चिम विश्वविद्यालयमा उपकुलपतिको कार्यकाल सकिएको थियो।दुई महिनादेखि उपकुलपतिविहीन भएको सुदूरपश्चिम विश्वविद्यालयले उपकुलपति पाएको छ । पन्त नेपाली काँग्रेस निकट प्राध्यापक हुन्। डोटी घर भएका उनी पुलचोक इन्जिनियरिङ कलेजका प्राध्यापक थिए।  

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मध्यपश्चिम र पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति भने नियुक्ति गरिसकेका छन्। प्रधानमन्त्री सचिवालयका सदस्य मनहरि तिमिल्सिनाका अनुसार प्रधानमन्त्री प्रचण्डले मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा प्राडा ध्रुवकुमार गौतम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्राडा विजुकुमार थपलियालाई नियुक्त गरेका हुन्।

clock बिहिबार २०, बैशाख २०८१ १४:२६

प्रतिक्रिया