बझाङ प्रदेशसभामा एमालेका दमन भण्डारी विजयी

  सोमबार १७, बैशाख २०८१ १३:५०

कैलाली । उपचुनावअन्तर्गत बझाङ प्रदेशसभामा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी विजयी भएका छन् ।

नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई २ सय ६६ मतले पराजित गर्दै दमनले सुदूरपश्चिम प्रदेशसभाको सीट सुरक्षित गरेका छन् ।

एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले ११ हजार ६१२ मत प्राप्त गरेका छन् भने कांग्रेसका अभिषेकबहादुर सिंहले ११ हजार ३४६ मत प्राप्त गरेका छन् । 

clock सोमबार १७, बैशाख २०८१ १३:५०

प्रतिक्रिया