धनगढी नगरले लिएको कक्षा ८ को परीक्षामा वडा नम्बर ३ मा मणिलेक उत्कृष्ट

  सोमबार १७, बैशाख २०८१ ०९:२०

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाको पालिका स्तरीय कक्षा ८ को परीक्षामा धनगढीको मणिलेक ईन्टरनेशनल स्कुलले उत्कृष्ट नतिजा ल्याएको छ । 

पालिका स्तरीय परीक्षामा सहभागी भएका धनगढी ३ का संस्थागत विद्यालय मध्ये मणिलेक ईन्टरनेशनल स्कुलको नतिजा उत्कृष्ट नतिजा ल्याएको हो । 

मणिलेकबाट परीक्षामा सहभागी २८ जना मध्य २६ जनाले पहिलो चरणको परीक्षामा सफल भएका छन्। 

सामुदायिक र संस्थागत विद्यालयबाट आधारभूत तहको परीक्षामा सम्मीलित भएका ५ हजार ९३६ विद्यार्थी मध्ये ३ हजार ६१ जना विद्यार्थी पहिलो चरणमै पास भएका छन्। जुन कुल परीक्षामा सम्मीलित सङ्ख्याको ५२ प्रतिशत हो।

मणिलेक इन्टरनेशनल स्कुलमा फराकिलो र सु सज्जित कक्षा कोठा, तालीम प्राप्त शिक्षक शिक्षिकाहरू, व्यवस्थित कम्यूटर ल्याव र मन्टेश्वरी ल्याब, प्रयोगात्मक विज्ञान र रोवोटिक्स प्रयोगशाला, विशेषता रहेका छन् ।

यस्तै पर्याप्त खेल मैदान र खेल्ने कोठा, नियमित फिल्ड भ्रमण, नियमित गायन तथा नृत्य कक्षाहरू सञ्चालन हुने गरेको बताउँदै कुवरले स्कुल भित्र विद्यार्थीले गर्ने विविध गतिविधिको निगरानी सी. सी. टी. भि. बाट समेत गर्ने गरिएको छ ।

 

clock सोमबार १७, बैशाख २०८१ ०९:२०

प्रतिक्रिया