बझाङमा करिब ८ हजार मत गन्न बाँकी, कांग्रेसका उम्मेदवारको अग्रता

  सोमबार १७, बैशाख २०८१ ०८:५२

बझाङ । बझाङ प्रदेशसभा १ मा शनिबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी रहेको छ । 

हालसम्म २२ हजार २९६ सदर मत गणना सकिँदा कांग्रेसका उम्मेदवार अभिषेक बहादुर सिंहले झिनो अग्रता लिएका छन् । 

उनले ८ हजार ४०६ मत पाउँदा एमालेका उम्मेदवार दमन बहादुर भण्डारीले ८ हजार १६५ मत पाएका छन् । 

बझाङमा अब करिब ८ हजार मत गन्न बाँकी रहेको छ । निर्वाचन आयोगका अनुसार सो क्षेत्रमा ३० हजार ३२८ मत गरेको थियो । 
 

clock सोमबार १७, बैशाख २०८१ ०८:५२

प्रतिक्रिया