बझाङमा हेलिकप्टरमार्फत मतपेटिका सदरमुकाम ल्याइदै

  आइतबार १६, बैशाख २०८१ ०७:५६

बझाङ । बझाङ निर्वाचन क्षेत्र नं.१ स्थित अति विकट उच्च हिमाली क्षेत्रका मतपेटिकाहरू अझै सदरमुकाम चैनपुर ल्याउन सकिएको छैन । शनिबार भएको मतदानपछि केही स्थानको मतपेटिका सङ्कलन हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक भरत शाहले चीनको तिब्बतसँग जोडिएको उच्च हिमाली क्षेत्र साइपाल गाउँपालिकास्थित याकुरी डाँडा, यारङकुरिङ, धुली र काँडाको मतपेटिका आउन बाँकी रहेको बताए । नेपाली सेनाको हेलिकप्टर मतपेटिका लिन बिहान ७ बजे सो स्थानतर्फ गएको जानकारी दिए ।

सबै ठाउँका मत पेटिका आएपछि मतगणना सुरु हुने बताइएको छ ।बझाङमा भएको उपनिर्वाचनमा ४९.१२ प्रतिशत मत अर्थात ३० हजार ३२८ मत खसेको थियो । ६१ हजार ७४८ मतदाता रहेकोमा ३० हजार ३२८ जनाले मतदान गरेका हुन् ।

clock आइतबार १६, बैशाख २०८१ ०७:५६

प्रतिक्रिया