संस्थागत स्कुलले मनोमानी शुल्क बढाएको भन्दै नगर प्रमुखको ध्यानाकर्षण

  बिहिबार १३, बैशाख २०८१ ०८:१७

धनगढी । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालको ध्यानाकर्षण गराएको छ ।

नयाँ शैक्षिक सत्र सुरु भएसँगै नगर भित्रका संस्थागत स्कुलहरुले मनोमानी शुल्क बढाएको भन्दै उनीहरूले नगरप्रमुखको ध्यानाकर्षण गराएको हो । 

निजी विद्यालयहरूले अभिभावकसँग कुनै परामर्श नगरी शुल्क बढाएको अनेरास्ववियु धनगढी नगर कमिटी उपाध्यक्ष कोमल चन्द ठकुरीले जानकारी दिइन ।

उनले गत वर्षको तुलनामा विभिन्न शीर्षकका नाममा शुल्क बढाएका कारण निम्न वर्गका अभिभावकलाई बालबच्चा पढाउन समस्या भएको बताईन । 

अनेरास्ववियले नगर प्रमुखलाई तत्काल विद्यालयको अनुगमन गरी नियम विपरीत, मापदण्ड विपरीत र मनोमानी बढाएको शुल्क तत्काल रोक्न माग गरेको छ ।

शैक्षिक क्षेत्रमा भइरहेको अनावश्यक व्यापारीकरण र दलाली करणलाई निर्मूल पार्न अनेरास्ववियु धनगढी नगर कमिटी सधैँ साथ र सहयोग गर्ने अध्यक्ष उमेश विक्रम बम बताए । 

 

clock बिहिबार १३, बैशाख २०८१ ०८:१७

प्रतिक्रिया