विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका राजालाई प्रधानमन्त्री प्रचण्डको आग्रह

  बुधबार १२, बैशाख २०८१ १६:००

काठमाडौं । विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारलाई आग्रह गरेका छन्।

होटल सोल्टीमा कतारका अमिर शेख तामिम बिल हमाद अल थानीसँगको द्विपक्षीय भेटवार्तामा प्रधानममन्त्री प्रचण्डले हमासको बन्धकमा रहेका विपिनको सकुशल रिहाइका लागि पहल गरिदिन आग्रह गरेका हुन्।

‘आफ्नो शैक्षिक इन्टर्नशीपको लागि इजरायलमा रहेका निर्दोष नेपाली विद्यार्थी विपिन जोशी अक्टोबर ७ मा इजरायलमा हमासले गरेको आक्रमणपश्चात् बेपत्ता छन् र उनको अवस्था हालसम्म पनि थाहा हुन सकेको छैन,’भेटवार्ताका क्रममा प्रधानमन्त्री प्रचण्डले भने, ‘म उनको शीघ्र तथा सुरक्षित रिहाइको सहजीकरणका लागि कतार सरकार समक्ष पुनः अनुरोध गर्न चाहन्छु।’

यस विषयलाई प्राथमिकताका साथ लिइदिन पनि प्रधानमन्त्री प्रचण्डले कतारी अमिर शेखको ध्यानाकर्षण गराए।

अक्टोबर ७ मा हमासले इसराइलमा आक्रमण गरी त्यहाँबाट १४० भन्दा बढीलाई बन्धक बनाएर गजा पुर्‍याएको थियो। त्यसमा नेपालका विपिन जोशी पनि छन्।

हमासको बन्धकमा रहेकाहरूलाई बन्धकमुक्त गर्ने प्रक्रियामा कतारले सुरू देखिनै भूमिका खेलेको छ।

गजा क्षेत्रमा लामो समयदेखि सरकार चलाइरहेको हमासलाई कतार सरकाले धेरै अघिदेखि आर्थिक र राजनीतिक सहयोग गर्दै आइरहेको छ।

त्यसकारण प्रधानमन्त्री प्रचण्डले विपिनको रिहाइका लागि पहल गरिदिन कतारी अमिरको ध्याकर्षण गराएका हुन्। भेटवार्तापछि कतारी अमिर स्वदेश फर्किसकेका छन्। 

clock बुधबार १२, बैशाख २०८१ १६:००

प्रतिक्रिया