उपनिर्वाचन : आज मध्यरातिदेखि प्रचारप्रसार गर्न नपाइने

  बुधबार १२, बैशाख २०८१ ०८:३१

काठमाडौँ । प्रतिनिधि सभा इलाम क्षेत्र नं २ र बझाङ–१ (१) मा हुने उपनिर्वाचनका लागि बुधबार मध्यरातदेखि प्रचार गर्न पाइने छैन ।

वैशाख १५ गते हुने निर्वाचनका लागि बुधबार राति १२ बजेदेखि मौन अवधि प्रारम्भ हुने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आचारसंहिताअनुसार निर्वाचन हुने ४८ घण्टाअघिदेखि कसैले पनि उम्मेदवार वा राजनीतिक दलका बारेमा प्रचारप्रसार गर्न पाइँदैन ।

वैशाख १५ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान गर्ने समय तोकिएको छ । निर्वाचन आयोगले निर्वाचनको सबै तयारी पूरा गरेको जनाएको छ ।

रिक्त प्रतिनिधिसभा इलाम क्षेत्र नं. २ मा १९ र  प्रदेश सभा बझाङमा १(१) मा ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

clock बुधबार १२, बैशाख २०८१ ०८:३१

प्रतिक्रिया