बझाङ उपनिर्वाचनमा एमाले उम्मेदवार दमन भण्डारीलाई पितृशोक

  मङ्गलबार ११, बैशाख २०८१ १४:४३

बझाङ । नेकपा (एमाले) बझाङ जिल्ला कमिटीका अध्यक्ष तथा प्रदेशसभा सदस्यका लागि बझाङ प्रदेशसभा १ का उमेदवार दमन भण्डारीलाई पितृशोक परेको छ । 

उनका बुवा बझाङको छबिस पाथिभेरा गाउँपालिका १, भण्डारीगाउँ निवासी चक्र भण्डारीको मंगलबार असामयिक निधन भएको हो ।

बैशाख १५ गते हुन लागेको उपनिर्वाचनमा दमन बझाङ प्रदेशसभा १ मा उम्मेदवार छन् । बुबाको निधनसँगै दमनको निर्वाचन प्रचारको काममा केही व्यवधान हुन गएको एमालेले जनाएको छ ।

यस विषम् परिस्थितिमा चुनाव प्रचार–प्रसार तथा मत संरक्षणको क्रममा अझ गम्भीरताका साथ परिचालित हुन एमाले महासचिव शंकर पोखरेलले विज्ञप्तिमार्फत कार्यकर्तालाई निर्देशन दिएका छन् ।

चक्रको निधनप्रति दुःख व्यक्त गर्दै एमालेले शोकाकुल परिवारमा समवेदना प्रकट पनि गरेको छ ।

clock मङ्गलबार ११, बैशाख २०८१ १४:४३

प्रतिक्रिया