शैक्षिक गुणस्तर सुधार गर्न हिमालय बैंकले गर्‍यो आर्थिक सहयोग

  सोमबार १०, बैशाख २०८१ ११:०१

धनगढी । शैक्षिक गुणस्तर सुधार गर्न हिमालय बैंक धनगढी शाखाले धनगढी उपमहानगरपालिकालाई आर्थिक सहयोग गरेको छ।

बैंकले नगर प्रमुख शैक्षिक सुधार कोषमा आर्थिक सहयोग गरेको हो। बैंकले ३८ जना बालिकाहरूको पोशाकका लागि १ लाख ९९ हजार ५ सय रुपैयाँ सहयोग गरेको हो। 

उपमहानगरपालिकाले उक्त रकमबाट धनगढीका नमुना विद्यालयमा अध्ययनरत ३८ जना छात्राका लागि विद्यालय पोशाक खरिद गरेर उपलब्ध गराउनेछ।

clock सोमबार १०, बैशाख २०८१ ११:०१

प्रतिक्रिया