सुदूरपश्चिम सरकारविरुद्ध नाउपाका लक्ष्मण चौधरी सर्वोच्चमा

  आइतबार ०९, बैशाख २०८१ १७:३९

धनगढी । सुदूरपश्चिम सरकारविरुद्ध नागरिक उन्मुक्ति पार्टी (नाउपा) का प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका चौधरीले आइतबार रिट दायर गरेका हुन् ।

रिटमा संविधानको धारा १६८(२) अनुसारको सरकार गठनका लागि गरिएको आह्वान अनुरूप दाबी प्रस्तुत भइसकेपछि प्रदेश प्रमुखले आफूसँग नभएको अधिकार प्रयोग गरी समर्थन फिर्ताका लागि अवसर दिएर पुनस् आह्वान गरेको उल्लेख छ ।

चौधरीले प्रदेश प्रमुखबाट भएको "असंवैधानिक काम" अन्तरिम आदेशबाट बदर गर्न माग गरेका छन् । चौधरीले विपक्षी दीर्घ सोडारीको पक्षमा दाबी गरिएको बहुमत उनीसँग नरहेको पनि जिकिर गरेका छन् । 

सोडारीको  समर्थनमा उल्लेखित संख्यामध्ये नागरिक उन्मुक्तिका पाँच सदस्य आफूसँग रहेका कारण बहुमत नभएका व्यक्तिलाई मुख्यमन्त्री नियुक्त गरिएको उनको दाबी छ ।

clock आइतबार ०९, बैशाख २०८१ १७:३९

प्रतिक्रिया