कैलालीको धनगढीमा कक्षा ८ को परीक्षामा २ विद्यालय निल

  बिहिबार ०६, बैशाख २०८१ १३:५९

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाको पालिका स्तरीय कक्षा ८ को परीक्षामा २ संस्थागत विद्यालयको नतिजा निल आएको छ । 

पालिका स्तरीय परीक्षामा सहभागी भएका ६४ संस्थागत विद्यालय मध्ये २ विद्यालयको नजिता निल आएको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।

नतिजा निल आउनेमा धनगढी ३ मा रहेको ब्रोडभिजन इङ्लिस बोर्डिङ स्कुल र वडा नम्बर २ मा रहेको दुन एकेडेमी रहको धनगढी उपमहानगरपालिको शिक्षा शाखाले जनाएको छ । 

यस्तै धनगढीका ४२ वटा सामुदायिक विद्यालयका ३ हजार ५२४ विद्यार्थी  कक्षा ८ को वार्षिक परीक्षामा सम्मिलित भएका मध्ये एक हजार ९० जना विद्यार्थी आधारभूत तहको पहिलो चरणको परीक्षामा सफल भएका छन्।

गत वर्ष ९ दशमलव ४७ प्रतिशत विद्यार्थी मात्रै पहिलो चरणमा सफल भएकोमा यो वर्ष ३१ प्रतिशत विद्यार्थी परीक्षामा सफल भएका छन्।

सामुदायिक र संस्थागत विद्यालयबाट आधारभूत तहको परीक्षामा सम्मीलित भएका ५ हजार ९३६ विद्यार्थी मध्ये  ३ हजार ६१ जना विद्यार्थी पहिलो चरणमै पास भएका छन्। जुन कुल परीक्षामा सम्मीलित संख्याको ५२ प्रतिशत हो।

 

 

 

clock बिहिबार ०६, बैशाख २०८१ १३:५९

प्रतिक्रिया