एकीकृत समाजवादीले सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीलाई अगाडि बढाउने

  बुधबार ०५, बैशाख २०८१ १५:०४

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दिर्घ सोडारीलाई अगाडि बढाउने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको ८० औं सचिवालय बैठकले सुदूरपश्चिम संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्रीका लागि अगाडि सार्ने निर्णय गरेको हो ।

पार्टीको १०औं महाधिवेशनको तयारी लगायतको विषयमा छलफल गर्न सचिवालयको बैठक पार्टी कार्यालयमा जारी छ ।

clock बुधबार ०५, बैशाख २०८१ १५:०४

प्रतिक्रिया