चुरे गाउँपालिकाको नगर स्तरीय परीक्षामा ३३ प्रतिशत विद्यार्थी उत्तीर्ण

  बुधबार ०५, बैशाख २०८१ १३:१९

धनगढी। कैलालीको चुरे गाउँपालिकाको कक्षा ८ मा ३३.३३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । मङ्गलवार सार्वजनिक गरिएको नगर स्तरीय आधारभूत तहको परीक्षामा ४४५ विद्यार्थी सहभागी भएकोमा १५० विद्यार्थी मात्रै उत्तीर्ण भएका हुन् ।

उक्त नगर स्तरीय परीक्षामा २३ वटा सामुदायिक विद्यालय सहभागी रहेका थिए । ग्रेडिङ सिस्टममा नतिजा प्रकाशन गरेको चुरे गाउँपालिकाका शिक्षा शाखा प्रमुख बिपी राज सोतीले।बताएका छन् । 

उनले कुन विद्यालयमा कति विद्यार्थी उत्तीर्ण भन्ने बारेमा भने अहिले जानकारी दिन नमिल्ने बताए । उनले कुनै पनि विद्यालय निल नगएको बताए ।

clock बुधबार ०५, बैशाख २०८१ १३:१९

प्रतिक्रिया