धनगढी उपमहानगरले गर्‍यो ८४ जना शिक्षकलाई सरुवा

  सोमबार ०३, बैशाख २०८१ १०:५१

धनगढी । धनगढी उपमहानगरपालिकाले ८४ जना शिक्षकको सरुवा गरेको छ। बैशाख २ गतेको निर्णयअनुसार प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका ८४ जना शिक्षकको सरुवा गरिएको हो। 

शिक्षा, युवा तथा खेलकुद महाशाखाले प्राथमिक तहका स्थायी ४० जना, राहत २३ जना र निम्न माध्यमिक तहका ११ जना शिक्षकको सरुवा गरेको विवरण प्रकाशित गरेको छ।

यस्तै, शिक्षा महाशाखाले माध्यमिक तहका १० जना शिक्षकको पनि सरुवा गरेको हो। धनगढीमा गत वर्ष पनि शिक्षकहरूको सरुवा गरिएको थियो। यो वर्ष पनि विषय मिलान गर्न सरुवा गरिएको शिक्षा महाशाखाले जनाएको छ।

clock सोमबार ०३, बैशाख २०८१ १०:५१

प्रतिक्रिया