मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिकै कैलाश चौधरीको पनि दाबी पेस

  आइतबार ०२, बैशाख २०८१ १६:०४

धनगढी ।  सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कैलाश चौधरीले दाबी पेस गरेका छन्। केन्द्रीय राजनीतिको पत्ता गठबन्धनमा रहेका दलहरूको समर्थनमा चौधरीले आइतवार मुख्यमन्त्रीको दाबी पेस गरेका हुन्। उनलाई माओवादी केन्द्र, नेकपा एमाले, नागरिक उन्मुक्ति र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थन रहेको छ।

बालुवाटरमा आइतवार बिहान बसेको केन्द्रीय नेताहरूको बैठकले सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीलाई मुख्यमन्त्री दिन औपचारिक सहमति भएको भएको थियो। तर, नेपाली काँग्रेस, एकीकृत समाजवादी र राप्रपाको समर्थनसहित नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरीले पनि मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन्। 

यता, नागरिक उन्मुक्ति पार्टीबाटै कैलाश चौधरीले नागरिक उन्मुक्ति पार्टीको विधान दर्ता नभएको लगाएतका कारण देखाउदै मुख्यमन्त्रीको दाबी पेस गरेका हुन्। कैलाशको पक्षमा माओवादीका ११, एमालेका १० र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थन रहेको छ।

उनले नागरिक उन्मुक्ति पार्टीका सात सदस्यको समेत समर्थन रहेको दाबी गरेका छन्।
सुदूरपश्चिममा काँग्रेसका १८, माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक तथा एक स्वतन्त्र प्रदेश सभा सदस्य रहेका छन्।

clock आइतबार ०२, बैशाख २०८१ १६:०४

प्रतिक्रिया