बैतडीका चन्दद्वारा “सुना–गोपीकृष्ण”अक्षयकोष स्थापना गर्ने घोषणा

  शनिबार ०१, बैशाख २०८१ १२:०५

बैतडी । सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लाको एक स्कुलमा “सुना(गोपीकृष्ण”अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन् ।

शिक्षाको क्षेत्रमा निकै आफुलाई अग्रसर बनाउन सफल डा. हिरा चन्दले आफुले जिवनको ठुलो सपना पि।एच।डी (विद्यावारिधि) उपाधी हासिल गरेको खुसी संगै स्वर्गीयआमा बुवा सुना देवा चन्द, गोपि चन्द र जेष्ठ भ्राता स्वर्गीय कृष्ण बहादुर चन्द (प्रथम गुरु) को नाम मा “सुना(गोपीकृष्ण”अक्षयकोष स्थापना गर्ने घोषणा गरेको हो।

उनले पिएच।डि (विद्यावारिधि) उपाधी हासिल गरेको अवसरमा नयाँ वर्ष २०८१ को आगमन संगै आज बैशाख १ गतेका दिन स्व। माता, स्व।पिता र स्व. जेष्ठ भ्राता (प्रथम गुरु) को स्मृतिमा इष्टकुल उदयदेव महराज कफाडि, बैतडीको नाममा रु १,११,१११ (एक लाख एघार हजार एक सय एघार) उनले अक्षराम्भ गरेको विद्यालय उदय मा.वि. कफाडि,बैतडीको नाममा रु १,११,१११ (एक लाख एघार हजार एक सय एघार) धनराशिको “सुना( गोपिकृष्ण” नामक अक्षयकोष स्थापना गर्ने निर्णय चन्दले गरेको छन्।

clock शनिबार ०१, बैशाख २०८१ १२:०५

प्रतिक्रिया