उपनिर्वाचन उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज
काठमाडौँ । उपनिर्वाचनका लागि मंगलबार उमेदवारको अन्तिम नामावली प्रकाशन हुँदैछ।
निर्वाचन आयोगले दिउँसो ३ बजेसम्म उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र अपराह्न ५ बजेसम्म निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ।
त्यसअघि उम्मेदवारी फिर्ता गर्न चाहेका बिहान ९ देखि दिउँसो १ बजेसम्मको समय दिइएको छ ।
उपनिर्वाचन हुने इलाम २ मा २० र बझाङ १ र १ मा १२ जनाले उमेदवारी दर्ता गराएका छन्।
२०८१ वैशाख १५ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुने आयोगको कार्यतालिकामा उल्लेख छ।
एमालेका सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदका लागि इलाम २ माउपचुनाव हुन लागेको हो।
यस्तै नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको निधन भएकाले बझाङ १ र १ मा उपचुनाव हुन लागेको हो।
प्रतिक्रिया