अनेरास्ववियु धनगढीले ७,८,९का विद्यार्थीहरू निशूल्क पढाउने

  सोमबार २६, चैत २०८० १०:५२

धनगढी । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) धनगढी उपमहानगरपालिका कमिटीले निशूल्क पढाउने भएको छ । 

कक्षा ७, ८ र ९ मा पढ्ने बिद्यार्थीहरुलाई निशूल्क पढाउने भएको अनेरास्ववियु धनगढी नगर कमिटी उपाध्यक्ष कोमल चन्द ठकुरीले जानकारी दिइन । 

उनले पढ्न चाहने मन हुँदाहुँदै पनि आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई निशूल्क बोर्डिङमा पढाउने बताइन । 

उनले पढ्नमा अब्बल जेहेन्दार लगनशील क्षमतावान् विद्यार्थीलाई निशूल्क पढाउने भएकाले नगर अध्यक्ष उमेश विक्रम बमलाई ९८६३०९१३५६ मा सम्पर्क गर्न अनुरोध गरिन् ।

clock सोमबार २६, चैत २०८० १०:५२

प्रतिक्रिया