बझाङमा कांग्रेसले तोक्यो उपचुनावका लागी कमाण्डर एनपी साउद

  आइतबार २५, चैत २०८० १७:४२

काठमाडौं। नेपाली कांग्रेसले उपनिर्वाचनका लागि चुनावी कमाण्डर तोकेको छ। बझाङ प्रदेशसभा १ को लागि चुनावी कमाण्डर एनपी साउद तोकिएका छन्।

बझाङमा खटाइएका साउद कन्चनपुरबाट निर्वाचित हुन्। त्यस्तै इलाम २ को प्रतिनिधिसभा निर्वाचन परिचालन कमाण्डरमा महामन्त्री विश्वप्रकाश शर्मा तोकिएका छन्।

महामन्त्री शर्मा यसअघि उम्मेदवार चयनको सन्दर्भमा कार्यकर्ताको मत बुझ्न इलाममा खटिएका थिए । उनी छिमेकी जिल्ला झापा १ बाट निर्वाचित हुन् ।

clock आइतबार २५, चैत २०८० १७:४२

प्रतिक्रिया