अनेरास्ववियु धनगढी नगर कमिटीको अध्यक्षमा बम निर्वाचित

  आइतबार २५, चैत २०८० ०८:१५

धनगढी । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) धनगढी उपमहानगरपालिका कमिटीको अध्यक्षमा उमेश बिक्रम  बम निर्वाचित भएका छन् । शनिवार धनगढीमा सम्पन्न सम्मेलनबाट बमको नेतृत्वमा कमिटी सर्बसहमत निर्वाचित भएको हो । 

कमिटीको उपाध्यक्षमा कोमल चन्द ठकुरी, धिरेन्द्र बोहरा, नारायण खनाल निर्वाचित भएका छन् । यस्तै सचिवमा सबिन बोहरा, सह सचिवमा सागर पार्की, सुमन चौधरी, दुर्गा बुढा र कोषाध्यक्षमा पुजा ऐर निर्वाचित भएका हुन । 

No description available.

सम्मेलनमा अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष मर्यादा बिस्ट, अनेरास्ववियु सुदूरपश्चिम प्रदेश अध्यक्ष मनोज राई,  केन्द्रीय सदस्य किशोर शाह, भरत शाह, रोहित बोगटी, कुबेर खड्का, नितिश जोशी, पुष्प सुवेदी लगायतको उपस्थिती रहेको थियो । 

No description available.

No description available.

clock आइतबार २५, चैत २०८० ०८:१५

प्रतिक्रिया