अलमुताईरी अफगानिस्तानको मुख्य प्रशिक्षकमा नियुक्त

  बिहिबार १४, बैशाख २०८० १३:०१

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी अफगानिस्तानको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।

अफगानिस्तान फुटबल फेडेरेसनले बिहीबार अलमुताईरीलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ । नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षक छाडेपछि उनी टिम विहीन रहेका थिए ।

अलमुताईरीले ५ सय २५ दिन नेपालको मुख्य प्रशिक्षक सम्हालेका थिए ।एन्फाले २०७७ चैत २२ गते अलमुताईरीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।

उनले भदौ २६ गते राजीनामा दिएका थिए ।कुवेती अलमुताईरीको नेतृत्वमा नेपालले पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल खेलेको थियो ।

गत असोजमा माल्दिभ्स भएको साफको फाइनलमा नेपाल  भारतसँग पराजित हुँदा उपाधिबाट बन्चित बनेको थियो ।यस्तै नेपालले अलमुताइरीको नेतृत्वमा एएफसी एसियन कप छनोटको दोस्रो चरण खेलेको थियो ।

clock बिहिबार १४, बैशाख २०८० १३:०१

प्रतिक्रिया